अरेबियन सागरमा पर्ने टापु देश जमैकामा शक्तिशाली समुद्री आँधी आएको छ । ‘मेलिसा’ नाम दिइएको यो आँधी टापु देशको इतिहासकै शक्तिशाली मध्येको एक भएको भनिएको छ । यसलाई शक्तिको हिसाबले पाँचौं श्रेणीमा राखिएको छ । २८२ किलोमिटर प्रतिघण्टाको हावाको गतिका साथ बहने यो आँधीलाई अमेरिकी मौसमविद्हरूले ‘विनाशकारी र जीवनका लागि घातक’ भनेका छन् । यो आँधी अझ तीव्र गतिका साथ मंगलबार बिहानै क्यारिबियन टापुको तटमा अवतरण गर्ने बताइएको छ ।
