सोमबार, मंसिर १० गते २०८१

ओलीको पदलोलुपताले एमाले कमजोर बन्यो: भुसाल

ओलीको पदलोलुपताले एमाले कमजोर बन्यो: भुसाल

अखबार दैनिक
बिहीबार , वैशाख २ २०७८
  • ओलीको पदलोलुपताले एमाले कमजोर बन्यो: भुसाल

    काठमाडौ । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीको पदमा टाँसिरहने वानीले एमाले कमजोर हुँदै गएको वताएका छन् ।

    images

    एमाले नेपाल पक्षीय प्रेस चौतारीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले प्रधानमन्त्री ओलीकै कारण एउटै कमिटीमा रहेर अन्तरसंघर्ष गर्ने अवस्था नभएपछि आफूहरुले पार्टीभित्र समानान्तर कमिटीको अभ्यास गरेको स्पष्ट पारेका हुन् । उनले नेपालको राजनीतिमा ओली र जसपा अध्यक्ष महन्त ठाकुर सबैभन्दा असंगतिला पात्र भएको आरोप समेत लगाए । संसदमा वामपन्थीको बहुमत हुदाहुँदै पार्टीका नेतालाई लखेटेर ओलीले महन्थहरुसँग गठबन्धन गर्न खोज्नु गलत भएको उनको भनाइ छ ।
    नेता भुसालले ओलीले कुर्सीको अहङ्कार त्यागे वाम गठबन्धन अझै सम्भव रहेको दाबी गरे । उनले ओलीले बिगारेको राजनीतिलाई आफूहरूले सही ठाउँमा ल्याउन चाहेको जिकीर समेत गरे ।।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार