बुधबार, मंसिर २ गते २०८३

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

अखबार दैनिक
बुधबार, मंसिर २ २०८३
  • त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

    काठमाडौँ, २ मङ्सिरः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।    
        
    पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।    
        
    विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार आज बिहान १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौँ आएका वाङलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।    
        
    उनले मलद्वारभित्र सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित प्लास्टिकले बेरेर उक्त पदार्थ लुकाइछिपाइ ल्याएको फेला पारेपछि निजलाई प्रहरीले नियन्त्रण लिएको थियो ।    
        
    पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको सहप्रवक्ता नेउपानेले बताउनुभयो । रासस  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार