बुधबार, मंसिर २ गते २०८३

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

अखबार दैनिक
बुधबार, मंसिर २ २०८३
  • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    रसुवा, २ मङ्सिरः गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित भएका रसुवाको टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् ।    
        
    विस्थापित ६८ घरधुरीमध्ये ४८ जना स्थानीयवासी यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् । बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौँमा बस्न नसकेपछि गाउँ फर्किएका हुन् ।    
        
    स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीका प्रतिनिधित्व गर्दै ४८ जना गाउँ फर्किएका छन् । आफ्नो जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले गाउँ फर्किएको उहाँले बताउनुभयो ।    
        
    सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उहाँको भनाइ छ । विभिन्न सङ्घसंस्थाले थप टेन्ट र राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको उहाँले जानकारी दिनुभयो । बाढीपीडितमध्ये करिब ९० प्रतिशत काठमाडौँमा बस्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले खेती किसानी र पशुपालन गरेर जीवनयापन गर्ने सोचका साथ गाउँ फर्किएको बताउनुभयो ।    
        
    टिमुरेका अर्का स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना बाढीपीडित आश्रित थिए । तीमध्ये १५१ बालबालिका र ८० जना वृद्धवृद्धा थिए । सरकारले अहिलेसम्म पीडितको अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ठोस निर्णय नगर्दा उनीहरू अन्योलमा परेको उहाँले बताउनुभयो ।(रासस)    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार