शनिबार, जेठ ५ गते २०८१

घरेलु मैदनमा बार्सिलोना काडिजसँग बराबरीमा रोकियो

घरेलु मैदनमा बार्सिलोना काडिजसँग बराबरीमा रोकियो

अखबार दैनिक
सोमबार, फागुन १० २०७७
  • घरेलु मैदनमा बार्सिलोना काडिजसँग बराबरीमा रोकियो

    एजेन्सी, १० फागुन । स्पेनिस लिग ला लिगामा क्याटलान बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार घरेलु मैदान क्या नोउमा भएको खेलमा बार्सिलोना काडिजसँग १–१ को बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भएको हो ।

    images

    जित नजिक पुगे बार्सिलोनालाई अन्तिम समयमा काडिजले स्तब्ध बनायो । खेल सकिन एक मिनेट बाँकी रहँदा काडिजले पेनाल्टी प्राप्त गर्यो । त्यसलाई काडिजका एलेक्स फर्नान्डेजले गोलमा परिणत गरेपछि खेल बराबरीमा सकिएको थियो ।

    बार्सिलोनाले पहिलो हाफको ३२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    बराबरीमा रोकिएको बार्सिलोनाको ४७ अंक रहेको छ । शीर्ष स्थानको एट्लेटिकोको ५५ तथा रियलको ५२ अंक रहेको छ । काडिज २५ अंकसहित १४औँ स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार