शुक्रबार, असोज ४ गते २०८१

नेकपा निकट प्रेस संगठनमा छुट्टा छुट्टै भेलाको आयोजना

नेकपा निकट प्रेस संगठनमा छुट्टा छुट्टै भेलाको आयोजना

अखबार दैनिक
मंगलबार, माघ ६ २०७७
  • नेकपा निकट प्रेस संगठनमा छुट्टा छुट्टै भेलाको आयोजना

    सत्तारुढ दल नेकपाका भातृ संगठनहरु मध्ये पत्रकारहरुको संगठन प्रेस संगठन नेपाल पनि विभाजित भएको छ ।

    images

    प्रेस संगठन भित्रका दुई पक्षले छुट्टा छुट्टै भेलाको आयोजना गरेकाले उनीहरु विभाजित भएको देखिएको हो । संगठनको दाहाल नेपाल पक्षले आज भेलाको आयोजना गरेको छ भने ओली पक्षले पर्सी ८ गते भेलाको आयोजना गरेको छ ।

    दाहाल नेपाल पक्षको नेतृत्व संगठनका संयोजक महेश्वर दाहालले गर्नु भएको छ भने ओली पक्षको नेतृत्व संगठनका सहसंयोजक गणेश बस्नेतले गर्नुभएको छ ।

    दाहाल तत्कालिन नेकपा माओवादी निकट प्रेस सेन्टरको अध्यक्ष हुनुहुन्थ्यो भने बस्नेत तत्कालिन नेकपा एमाले निकट प्रेस चौतारीको अध्यक्ष हुनुहुन्थ्यो । उहाँहरु अहिले पहिलाको पार्टीकै संगठनसँग मिल्नेगरी धुब्रिकृत हुनुभएको छ ।

    दाहाल समूहले ओली सरकारको प्रतिगमनविरुद्ध सञ्चारकर्मीको सामूहिक अभियान भन्ने नारासहित आज बिहान ११ बजे भृकुटीमण्डपबाट ¥याली निकाल्ने भएको छ । त्यसैगरि साढे ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलाको पनि आयोजना गरिएको सूचनामा उल्लेख छ । भेलालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

    बस्नेत नेतृत्वको समूहले यही माघ ८ गते बिहीबारका लागि तय गरेको कार्यक्रम पनि बिहान ११ बजे नै हुने भएको छ । बस्नेतले पनि दोस्रो राष्ट्रिय भेलाको आयोजना गरिएको र भेलाको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिनुभएको छ ।

    नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन र नयाँ राजनीतिक परिस्थितिमा संगठनमा आवद्ध देशभरका सबै सदस्यहरुलाई एकतावद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको बस्नेतले बताउनु भएको छ ।

    नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको विघटन गर्दै निर्वाचन घोषणा गरेपछि पार्टीमा देखिएको विभाजन भातृ संगठनहरुमा पनि पर्न थालेको हो ।

    नेकपाका युवा, विद्यार्थीलगायतका अन्य बर्ग तथा समूह आबद्ध हुने केही भातृ संगठनहरु यसअघि नै विभाजित भइसकेका छन् भने अरु संगठनहरुले पनि गृहकार्य गरिरहेको देखिएको छ । तर पार्टी र संगठनहरु औपचारिक रुपमा विभाजित हुन भने बाँकी नै छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ