शनिबार, कात्तिक ३ गते २०८२

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम , तोलाको २ लाख ५८ हजार रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम , तोलाको २ लाख ५८ हजार रुपैयाँ पुग्यो

अखबार दैनिक
शुक्रबार, कात्तिक २ २०८२
  • सुनको मूल्यमा नयाँ कीर्तिमान कायम , तोलाको २ लाख ५८ हजार रुपैयाँ पुग्यो

    सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।शुक्रवार सुनको मूल्य ७ हजार १०० रुपैयाँले बढेर तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जस अनुसार सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

    त्यस्तै शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ