काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गर्ने भएकी छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो साढे २ बजे छलफलका लागि विदेशी कूटनीतिज्ञहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विदेशी कूटनीतिज्ञहरूसँग आज प्रधानमन्त्री कार्कीले नेपालको पछिल्लो राजनीतिक परिवर्तन, जेनजीका माग, फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन र पुनर्निर्माण लगायतका विषयमा छलफल गर्नेछिन् ।