शुक्रबार, असोज ४ गते २०८१

केपी ओलीसँग अब मिल्ने सम्भावना छैन : प्रचण्ड–नेपाल समूह

केपी ओलीसँग अब मिल्ने सम्भावना छैन : प्रचण्ड–नेपाल समूह

अखबार दैनिक
शुक्रबार, माघ २ २०७७
  • केपी ओलीसँग अब मिल्ने सम्भावना छैन : प्रचण्ड–नेपाल समूह

    नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब केपी ओलीसँग मिल्ने सम्भावना नरहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताएका हुन् ।

    images

    संविधान निगरानी समूहद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले, ‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन । उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न । उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो ।’

    यस्तै आजै पेरिसडाँडामा बसेको नेकपा माधव–प्रचण्ड समूहको स्थायी कमिटीको बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाउने र ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

    संसद् विघटनपछि प्रचण्ड–माधव समूहले अध्यक्षबाट ओलीलाई अध्यक्ष पदबाट पुस ७ मै हटाएको थियो । नेपाले हिजो मात्र ओलीमाथि कारबाहीको थप कदम चाल्ने बताएका थिए ।

    बुधबार प्रचण्ड–नेपाल समूहको सहकार्यको प्रस्तावमा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा विभाजनको आधिकारिता खोजेपछि शुक्रबार उक्त समूह एक कदम अगाडि बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ