प्रधानमन्त्री केपी शार्मा ओलीको असंवैधानिक कदम विरुद्ध सडक संघर्षमा रहेको नेकपा प्रचण्ड–माधव समूहले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संघीय राजधानी काठमाडौंमा जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।
ठूलो संख्यामा कार्यकर्ता सहभागी गराउने तयारीका साथ आन्दोलनको प्रारुप तयारी गर्नेबारे छलफल जारी रहेको अध्यक्ष नेपालको भनाइ रहेको छ ।