बिहीबार , मंसिर १० गते २०८३

संवादपछि सरकार विस्तार हुन्छः मुख्यमन्त्री यादव

संवादपछि सरकार विस्तार हुन्छः मुख्यमन्त्री यादव

अखबार दैनिक
बिहीबार , मंसिर १० २०८३
  • संवादपछि सरकार विस्तार हुन्छः मुख्यमन्त्री यादव

    जनकपुरधाम, १० मङ्सिरः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगको संवादपश्चात् सरकार विस्तार गर्ने बताउनुभएको छ ।    
        
    मुख्यमन्त्री यादवले आज रासससँग सङ्क्षिप्त कुराकानी गर्नुहुँदै काठमाडौँमा गएर विभिन्न राजनीतिक दलका केन्द्रीय अध्यक्षसहितका शीर्ष तहका नेतासँग संवाद गरेपछि सरकार विस्तार गर्ने योजना बनाएको बताउनुभयो ।    
        
    “केही दिनभित्रै काठमाडौँ जान्छु”, मुख्यमन्त्री यादवले भन्नुभयो, “काठमाडौँमा कांग्रेस, एमाले र नेकपालगायतका दलका शीर्ष नेतालाई भेटेर छलफल गर्छु, अनि सरकार विस्तार गर्छु ।” मधेस प्रदेशमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने आफ्नो चाहना रहेको मुख्यमन्त्री यादवले बताउनुभयो । यही मङ्सिर ५ गते मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशसभाको सबैभन्दा ठूलो जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । (रासस)   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार