बिहीबार , वैशाख २७ गते २०८१

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता

अखबार दैनिक
शनिबार, असोज २४ २०७७
  • प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता

    २४ असोज,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिपरिषद् पुनरगठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । भेटवार्तामा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागि छन् । यसअघि दुई अध्यक्षबीच भएको भेटवर्तामा छलफल गर्दै जाने र एकताका बाँकी काम सक्ने सन्दर्भमा ठोस निष्कर्षमा पुग्ने समझदारी अनुरुप आज छलफल भएको हो । गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । त्यस्तै भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतलाई पूर्णता दिने निर्णय गरेको थियो । तर, अध्यक्षद्वयले अहिलेसम्म प्रस्ताव तयार पार्न सकेका छैनन् । नेकपामा जनसंगठनहरू, पाँचवटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ