बिहीबार , वैशाख २७ गते २०८१

देउवाको दिनगन्ती अब सुरु भयो कि ?

देउवाको दिनगन्ती अब सुरु भयो कि ?

अखबार दैनिक
बिहीबार , असोज २२ २०७७
  • देउवाको दिनगन्ती अब सुरु भयो कि ?

    असोज २२,

    images

    १४ औं महाअधिवेशन मा शेरबहादुर देउबालाई शक्त्ती सन्तुलनमा धेरै कठिन परिस्थितिहरुको सामना गर्नुपर्ने देखिन्छ । यसले के पनि संकेत गर्छ भने अबका दिनहरुमा शेर बहादुर देउवाले सोचेझैं सजिलो पटक्कै छैन । साथै यो सँगसँगै कार्यकर्ता पङ्तिमाझा अब देउवाको दिनगन्ती सुरु भयो कि भन्ने शंका उब्जन थालेका छन् ।

    देउवाका बलियो खम्बा मानिने उपसभापति विमलेन्द्र निधि पनि देउवा पक्ष छोड्ने मनस्थितिमा करिब करिब पुगेको देखिन्छ । निधि १४ औं महाधिवेशनमा आफैं सभापतिको दौडमा उत्रिन खोजेपछि देउवासँगको लामो सहयात्रामा बे्रक लाग्ने संकेत देखिन्छ ।

    १३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसी प्रभावशाली नेता खुमबहादुर खड्का, पुराना नेता कुलबहादुर गुरुङ देउवाको साथमा थिए । दुई वर्षअघि खड्काको निधन भएको थियो । यता, केसी र गुरुङलाई देउवाले आफ्नो पक्षमा राखिरहन सकेनन् । खड्का र गुरुङ १३ औं महाधिवेशनमा सभापति पदका लागि देउवाको प्रस्तावक र समर्थक नै थिए । केसी भने हाल देउवाविरोधी समूहमा पुगेका छन् । संस्थापन इतरका नेताहरुलाई मिलाएर देउवाविरुद्धको मोर्चाबन्दी कसिलो बनाउन केसीले कसरत गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार