बिहीबार , मंसिर ६ गते २०८२

स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्न मन्त्रालयको आग्रह

अखबार दैनिक
बिहीबार , मंसिर ६ २०८२
  • स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्न मन्त्रालयको आग्रह

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिबायोटिकलगायत औषधि स्वास्थ्यकर्मीको सल्लाहबिना सेवन नगर्न सुझाव दिएको छ । स्वास्थ्यकर्मीको सल्लाहबिना नै एन्टिबायोटिकलगायत औषधि सेवन गरे स्वास्थ्य जोखिममा पर्ने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले सूचना जारी गर्दै भनेको छ, “जब ब्याक्टेरिया, ढुसी र भाइरस समयसँगै परिवर्तन भएर औषधि अप्रभावी हुन्छन्, तब प्रतिजैविक प्रतिरोध विकास हुन्छ । यसबाट रोगको सन्चो नहुने हुन्छ ।”स्वास्थ्यकर्मीले सिफारिस गरेको अवस्थामा मात्र प्रतिजैविक औषधि प्रयोग गर्न मन्त्रालयले भनेको छ ।

    यस्तै, औषधि पूरा मात्रामा लिन, बीचमै नरोक्न, बाँकी औषधि पुनः प्रयोग नगर्न र अरूलाई पनि नदिन मन्त्रालयले आग्रह गरेको छ ।पशुपन्छी बिरामी पर्दा पशु स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्र औषधि प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिगत सरसफाइमा ध्यान दिन पनि मन्त्रालयले सुझाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार