बिहीबार , मंसिर ६ गते २०८२

जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस

जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस

अखबार दैनिक
बिहीबार , मंसिर ६ २०८२
  • जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस

    जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले दुई वटा मतदान केन्द्र थप गर्न र एउटा केन्द्र स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । जिल्लाको हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक/एक मतदान केन्द्र थप र तिला गाउँपालिका–९ मा एक मतदान केन्द्रको ठाउँ सार्न केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयकी निमित्त कार्यालय प्रमुख नारायणी आचार्यले जानकारी दिइन् ।

    आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न यही मंसिर ५ गतेसम्मको समयसीमा तोकेको छ । उनका अनुसार अहिले अनलाइनबाट आफ्नो मतदाता नामावली बनाउन सकिने व्यवस्था रहेकाले जिल्लामा ८४९ जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये ३७३ महिला र ४७६ पुरुष छन् ।

    बाहिरी जिल्लाका ९७ जनाले जिल्लाबाट नयाँ मतदाता नामावलीमा दर्ता गराएका आचार्यले बताइन् । जिल्लामा नयाँ मतदाता थपिनुअघि कुल ६७ हजार ७३६ मतदाता रहेका उनको भनाइ छ ।

    निर्वाचन कार्यालयले गत असोजदेखि मतदाता नामावली संकलन गर्दै आएको छ । मतदाता नामावली संकलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद बढाएर मंसिर ५ गतेसम्मका लागि थप गरेको छ ।

    एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा जिल्लाभरि ७९ मतदानस्थल र १०२ मतदान केन्द्र रहेका निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । यसैबीच, कार्यालयले यहाँस्थित मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय बैठक गरी मतदाता नामावली संकलन, मतदान केन्द्र, निर्वाचन प्रक्रियालगायत विषयमा छलफल अघि बढाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार