बिहीबार , मंसिर ६ गते २०८२

रवि र छविको मुद्दामा बहस स्थगित

रवि र छविको मुद्दामा बहस स्थगित

अखबार दैनिक
बिहीबार , मंसिर ६ २०८२
  • रवि र छविको मुद्दामा बहस स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलास पेसी तोकिए पनि स्थगित गरिएको छ। न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको मुद्दामा रविको पक्षका कानुनी व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो । उच्च अदालत बुटवलका उपरजिस्टार यज्ञ मूर्ति ज्ञवालीले गोलाप्रथाबाट ३ नम्बर इजलासको परे पनि रविको पक्षबाट निवेदन आएपछि स्थगित गरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार