बिहीबार , कात्तिक २९ गते २०८२

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

अखबार दैनिक
बिहीबार , कात्तिक २९ २०८२
  • सेयर बजारमा झिनो अंकको सुधार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले बढेको छ । आज बजार ०.३१ अंकले बढेर २५४४.९१ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार बढे पनि बिहिबार कारोबार रकम भने सामान्य घटेको छ । बुधबार ३ अर्ब ८४ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ४९ करोडको कारोबार भएको छ । त्यसैगरी आज १२३ कम्पनीको सेयर मुल्य बढेको छ भने १२४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ