काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार २०.५६ अंकले घटेर २५४४.५९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बजार घटे पनि बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार ३ अर्ब ६२ करोडको कारोबार भएको बजारमा बुधबार ३ अर्ब ८४ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ४९ कम्पनीको सेयर मुल्य बढेको छ भने १९८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
