शनिबार, कात्तिक ३ गते २०८२

कृषि विकास बैंकले घटायो कर्जाको ब्याजदर

कृषि विकास बैंकले घटायो कर्जाको ब्याजदर

अखबार दैनिक
शुक्रबार, कात्तिक २ २०८२
  • कृषि विकास बैंकले घटायो कर्जाको ब्याजदर

    कृषि विकास बैंक लि. ले कृषि कर्जाको लागि व्याजदर प्रिमियम घटायो ।  यहि कार्तिक १ गते देखि लागुहुने गरी कृषि पेशा\व्यवसायमा आवद्ध ग्राहकहरुलाई लक्षित  गर्दै कृषि विकास बैंक लि.ले कृषि कर्जाको व्याजदर प्रिमियममा ०.५ प्रतिशत घटाएको छ ।  यो व्याजदर प्रिमियम बैंकबाट प्रदान गरिने अन्य कर्जाहरु भन्दा ०.५ प्रतिशत कम हुने बैंक श्रोतले जनाएको छ ।

    यसबाट कृषि पेशामा संलग्न हुन चाहने नयाँ थप व्यवशायिक कृषकहरु  लाभान्वित हुने अपेक्षा बैंकले गरेको छ । यो योजनाले कृषि पेशा\व्यवसायमा आवद्ध हुन  चाहने नयाँ कृषि व्यवशायीहरुलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । कृषि विकास  बैंक लि ले विगत ५८ वर्ष देखी कृषि कर्जामा लगानी गर्दै कृषि क्षेत्र विकासमा विशेष योगदान  पुर्याउदै आईरहेको छ । यस बैंकले हालसम्म ८०००० कृषक तथा कृषि व्यवसायीहरुलाई  कर्जा प्रदान गर्दै आईरहेको र यो योजनाबाट कृषि क्षेत्रमा थप रोजगारीको अवसर श्रृजना हुने  अपेक्षा पनि गरिएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ