शनिबार, कात्तिक ३ गते २०८२

जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने

जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने

अखबार दैनिक
शुक्रबार, कात्तिक २ २०८२
  • जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने

    काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने भएका छन् । शुक्रबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ पार्टी खोल्न लागेको जानकारी दिएका हुन् । उनले विदेशमा भएका नेपालीले पनि भोट हाल्न पाउनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्नेसहित एजेन्डा अघि सारेका छन् ।

    "अब हामीले पोलिटिकल पार्टी खोल्नैपर्ने अवस्था देखेका छौँ । तर, यसको अर्थ यो होइन कि हामी अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौँ," उनले भने । उनले शनिबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ