गत भदौ २३ र २४ गते भएको लुटपाट र आगजनीका क्रममा हराएकामध्ये करिव ४ सय हतियार भेटिन बाँकी रहेको छ । हराएकामध्ये करिव ९७८ वटा हतियारमध्ये ५८६ वटा भेटिएको नेपाली सेनाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गृह मन्त्रालय सम्वद्ध स्रोतका अनुसार, हराएकामध्ये करिब आधाजसो हतियारमा गोली मिल्ने खालका छैनन् ।
अर्थात आधाजसो हतियारका गोली सुरक्षित रहेको लुटिएका करिब २ सयभन्दा बढी हतियार मात्रै चुनौतीयुक्त हुन् । तीमध्ये कतिपय हतियार लुकाएको ठाउँबारे सूचना संकलन गर्ने प्रयास भइरहेको भन्दै गृहप्रशासनले विशेष अपरेशन चलाएर भएपनि तिनलाई फिर्ता ल्याउने प्रयास गर्नेबारे गृहकार्य गरिरहेको हो ।