काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो । बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।