नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि जनकपुर बोल्ट्सले मार्की खेलाडीमा आसिफ शेखलाई निरन्तरता दिँदै रिटेन गरेको छ । जनकपुरले बुधबार सामाजिक सञ्जालमा आसिफलाई मार्कीमा निरन्तरता दिइएको जानकारी गराउँदै रिटेन गरिएका खेलाडीहरूको सूची बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।
 
                            
                        
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    