सोमबार, भदौ ३१ गते २०८१

बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधिको जित हासिल गरेको छ

बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधिको जित हासिल गरेको छ

अखबार दैनिक
बुधबार, असार ३ २०७७
  • बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधिको जित हासिल गरेको छ

    ३ असार, काठमाडौं । बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा वेडर ब्रेमेनलाई १-० ले पराजित गर्दै बायर्नले दुई खेल अगावै यस सिजन उपाधि पक्का गरेको हो ।

    images

    युरोपका शीरष पाँच लिगमा लगातार आठ पटक लिग जित्ने बायर्न दोस्रो टिम बनेको छ । यसअघि इटलीको युभेन्ट्सले सन् २०११-१२ देखि २०१८-१९ सम्म लगातार आठ पट सिरी ए जितेको थियो ।

    व्रेमेनलाई उसैको मदानमा पराजित गर्दै रोवर्टो लेवान्डोस्कीले पहिलो हाफमा एक गोल गरे । उनले ४३औं मनेटमा गरेको गोल नै उपाधि दिलाउन निर्णायक बन्यो । ७९औं मनेटमा अल्फोन्सो डेभिस ७९औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बायर्न दश खेलाडीमा झरेको थियो । तर ब्रेमेनले त्यसको फाइदा उठाउन सकेन ।

    लिगमा लगातार ११ खेल जितेको बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई १० अंकले पछि पारेको छ । बायर्नको ३२ खेलबाट ७६ अंक छ भने एक खेल कम खेलेको डर्टमण्डको ६६ अंक छ ।

    बायर्नका डेविड अलावा र थोमस मुलरले नवौं पटक बुण्डसलिगा जित्दै फ्रांक रिवेरीको कीर्तिमान बराबरी गरेका छन् । बायर्नले लिग जितेको यो ३०औं पट हो । यस्तै बायर्नका प्रशिक्षक हान्सी फ्लिक खेलाडी र कोचको रुपमा बुण्डेसलिगा जितेन तेस्रो व्यक्ति बनेका छन् । यसअघि फ्रान्ज बेकनबाउर  निको कोभाकले यो उपलब्धी हात पारेका थिए ।

    कोरोना भाइरस महामारीले क्लोज डरमा फुटबल खेल्नुपरेकोले बायर्नले दर्शक बिना नै उपाधिको खुशी मनाउनुपरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ