नेपाली कराते स्टार खेलाडी खेली एरिका गुरुङले बिहीबार युएईमा के वान युथ लिग कराते प्रतियोगिता रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा उपविजेता हुँदै रजत जितेकी हुन् । १९औं एसियन गेम्स र एसियन च्याम्पियनसिपकी समेत रजत विजेता रहेकी एरिका फाइनलमा इरानी खेलाडीसँग ९(१ ले पराजित भएकी थिइन् ।
त्यसअघि एरिकाले पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, क्वाटरफाइनलमा काजाकास्तानी खेलाडीलाई ४-१ र सेमिफाइनलमा टर्कीएकी खेलाडीलाई ५-२ ले पराजित गर्दै फाइनल प्रवेश गरेकी थिइन् । एरिमा एसियन गेम्स र एसिपयन च्याम्पियनसिप करातेमा रजत पदक जित्ने एक्लो नेपाली खेलाडी हुन् ।