बुधबार, फागुन २८ गते २०८१

अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै थाइल्याण्डले जित्यो सिरिज

अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै थाइल्याण्डले जित्यो सिरिज

अखबार दैनिक
शुक्रबार, माघ २५ २०८१
  • अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै थाइल्याण्डले जित्यो सिरिज

    काठमाडौं । थाइल्याण्डले जारी महिला त्रिकोणात्मक टी-२० सिरिज जितेको छ । शुक्रबार सिरिजको अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्याण्डले सिरिज जितेको हो । नेपालले दिएको ८२ रनको लक्ष्य पछाएको थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो। यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै ८१ रन बनाएको थियो । योसँगै नेपालले यस सिरिजका सबै ६ खेलमा हार बेहोरेको छ ।

    images

    त्यस्तै थाइल्याण्डले भने ६ खेलमा ५ जित हासिल गर्दै १० अंकसहित शिर्ष स्थानमा रहेर उपाधि जितेको छ । त्यस्तै नेदरल्याण्डसले ६ खेलमा ४ खेल जितेर ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ