काठमाडौं । यू–१९ महिला टी–२० विश्वकपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार मलेसियामा सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो।
नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले ९ विकेटको क्षतिमा ८ बल अघि नै पूरा गर्यो। पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। अब समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग भिड्नेछ।