काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको हो । माघ ५ गतेदेखि मलेसियामा हुने यू–१९ महिला विश्वकप खेल्न पुजा महत्तोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । शनिबार नेपाली टोली मलेसिया प्रस्थार्न गर्नेछन् ।
टोलिमा पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ रहेका छन् ।
समूह ‘डी’ मा रहेको नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ । विश्वकपका खेलअघि नेपालले दुई वार्मअप खेल पनि खेल्नेछ । कार्यक्रम क्यानका पदाधीकारी लगायत नेपाली महिला टिमको कप्तान इन्दु बर्मा पनि उपस्थिति थियो ।