बुधबार, पुस ३ गते २०८१

एनपीएल : विराटनगर किंग्सलाई हराउँदै काठमाडौंको रोमाञ्चक जित

एनपीएल : विराटनगर किंग्सलाई हराउँदै काठमाडौंको रोमाञ्चक जित

अखबार दैनिक
आइतबार, मंसिर ३० २०८१
  • एनपीएल : विराटनगर किंग्सलाई हराउँदै काठमाडौंको रोमाञ्चक जित

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई हराउँदै काठमाडौं गुर्खाजले जित निकालेको छ । आइतबार कीर्तिपुरका त्रिवि मैदानमा भएको पहिलो खेलमा विराटनगर किंग्सलाई १ विकेटले हराउँदै काठमाडौंले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको हो ।

    images

     १ सय १८ रनको लक्ष्य पछाएको काठमाडौं गुर्खाजले १८.१ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । जितसँगै ८ अंक भएको काठमान्डु अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । 

    काठमाडौंका लागि प्रतिक श्रेष्ठले ३९ रन बनाउँदा शंकर रानाले १६ रन जोड्दा दीपेश कँडेल पनि ११ रनमा अविजित रहे । रासिद् खानले १४ रन जोडे। विराटनगरका सन्दीप लामिछानेले ३ तथा अनिल खरेल, वसिर अहमद र क्रिस सोलले समान २ विकेट लिए । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा ११७ रनमा अलआउट भएको थियो। विराटनगरका लागि राजेश पुलामीले २५ रन बनाउँदा दिपक बोहराले २० रन जोडे । काठमाडौंका लागि गेहार्ड इरास्मसले ३, दीपेश कंडेलले २ तथा साहाब आलम, करण केसी र राशिद खानले १–१ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ