काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स विजयी भएको छ ।
बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको हो । ४ खेलमा अविजित रहेको जनकपुरको यो पहिलो हार हो भने सुदूरपश्चिमको चौथो जित हो ।
१२४ रनको लक्ष्य पछाएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाएर अलआउट भयो । जनकपुरका लागि जोशुआ ट्रोम्पले १३ रन बनाए भने अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् । सुदूरपश्चिमका लागि भने कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले २–२ तथा हर्मित सिंह, सैफ जैब, र नरेन साउदले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले ३३ रन बनाए भनेसैफ जैबले २१ र ईशान पाण्डेले १७ रन जोडे । जनकपुरका लागि किशोर महतोले ४ विकेट लिए भने शेर मल्ल,र अरनिको यादवले २–२ तथा हर्ष थाकेरले १ विकेट लिए ।