बुधबार, मंसिर १९ गते २०८१

चितवनसँग पोखरा ८७ रनले पराजित, कुशलसहित चार ब्याटर शून्यमै आउट

चितवनसँग पोखरा ८७ रनले पराजित, कुशलसहित चार ब्याटर शून्यमै आउट

अखबार दैनिक
मंगलबार, मंसिर १८ २०८१
  • चितवनसँग पोखरा ८७ रनले पराजित, कुशलसहित चार ब्याटर शून्यमै आउट

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको मंगलरबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । सोहल तानवीर र रिजन ढकालले घातक बलिङ गरेपछि पोखरा एभेन्जर्सले फराकिलो हार भोगेको हो । कीर्तिपुर मैदानमा यी दुई बलरले १६२ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराका ब्याटरलाई धरासायी बनाएका हुन् ।

    images

    चिवतनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले १३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७४ रन जोड्यो । टस जितेर जावाफी ब्याटिङमा उत्रिएको पोखरालाई सुरुवाती बलमै झट्का लाग्यो । ओपनर तथा कप्तान कुशल भुर्तेल पहिलै बलमा रनको खाता नखोली आउट भए । सोहल तानवीरले रवि बोपारमार्फत् क्याच आयट गराए ।

    पोखरालाई झट्का लाग्ने क्रम रोकिएन । पहिलो ओभरमै तीन विकेट खस्यो । दिलिप नाथ पहिलो ओभरको पाँचौ बल र बास दे लीडे पहिलो ओभरको अन्तिम बलमा आउट भए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार