काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले पाँचौं विकेट गुमाएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनका रवि बोपारा ५१ रनमा आउट भएका हुन् । उनलाई पोखराका रेमन रेफरले आउट गरेका हुन् ।
यसअघि कुशल मल्ल ३८, लुक बेन्केनस्टाइनले १६, हसन इसाखिल १४, र दीपक बोहराले २ रन बनाएर आउट भएका थिए । टस जितेर पोखराले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    