बिहीबार , पुस ११ गते २०८१

सुदूरपश्चिमको रवाफिलो जित, विराटनगरको लगातार दोस्रो हार

सुदूरपश्चिमको रवाफिलो जित, विराटनगरको लगातार दोस्रो हार

अखबार दैनिक
मंगलबार, मंसिर १८ २०८१
  • सुदूरपश्चिमको रवाफिलो जित, विराटनगरको लगातार दोस्रो हार

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । विराटनगरको यो लगातार दोस्रो हार हो ।

    images

    सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.१ ओभरमा ९२ रन बनाउँदै अलआउट भयो । विराटनगरका लागि बासिर अहमदले २४ र राजेश पुलामी मगरले १५ रन बनाए । क्रिश सोल र अनिल खरेलले क्रमश: ९ र १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ओपनर मार्टिन गप्टिल गोल्डन डकआउट भए । सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजन र अविनाश बोहराले ३/३ तथा ब्राण्डन म्याकमुलन र इशान पाण्डेले १–१ विकेट लिए ।

    यसअघि सुदूरपश्चिमले पूरैओभर खेलेर ७ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि सोमबार जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले बनाएको १४१ रन नै उच्च स्कोर थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५७ रन बनाए । उनले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे ।

    यस्तै, इशान पाण्डेले ३८, ब्राण्डन म्याकमुलनले ३६, विनोद भण्डारीले २३, सैफ जैबले १४, स्कट कुग्गेलिजनले १०, आरिफ शेखले ९, र अमित श्रेष्ठले १ रन जोडे । विराटनगरका लागि अनिल खरेलले ३ तथा क्रिस सोल, इस्मात आलम र बसिर अहमदले १–१ विकेट लिए । अर्को खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ