सोमबार, मंसिर ३ गते २०८१

सरकार बहुमतको र संसद विपक्षीको भन्नेकुरा ढुंगानाले स्थापित गर्नुभयो : सभापति देउवा

सरकार बहुमतको र संसद विपक्षीको भन्नेकुरा ढुंगानाले स्थापित गर्नुभयो : सभापति देउवा

अखबार दैनिक
सोमबार, मंसिर ३ २०८१
  • सरकार बहुमतको र संसद विपक्षीको भन्नेकुरा ढुंगानाले स्थापित गर्नुभयो : सभापति देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्नेकुरा स्थापित गराएको बताएका छन् ।

    images

    सोमबार सानो गौचरणमा स्व. ढुगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका देउवाले नेपालमा सरकार बहुमतको, विपक्षीको संसद भन्नेकुरा ढुगानाले स्थापित गरेको बताएका हुन् । उनले नेपाली काँग्रेसबाट सभामुख बनेको र निष्पक्ष रुपमा काम गरेको बताए ।

    उनले भने,"दमननाथजी वास्तवमै राम्रो मान्छे हो । उहाँले डेथ भयो । हाम्रो पार्टीबाट सभामुखमा छिर्नुभएको हो । उहाँले निष्पक्ष रुपमा काम गर्नुभयो । पार्टीलाई त वास्तवमा अप्ठ्यारोमै पारेको जस्तो लाग्थ्यो । तर थाहा पाउन दिनुभएन वास्तवमा । सभामुखको काम नै त्यही हो । प्रतिपक्षको सदन र सरकार बहुमतको भन्नेकुरा उहाँले स्थापित गराउनु भयो । उहाँ नेपालमा सरकार बहुमतको, विपक्षीको संसद भन्नेकुरा स्थापित गराउन सफल हुनुभयो । हाम्रो पार्टीलाई अप्ठ्यारो पार्नुभयो भन्ने महसुस गरेका थियौँ, तर वास्तवमा त्यो होइन रहेछ ।" सभापति देउवाले देशले एउटा इमानदार र ठूलो व्यक्ति गुमाएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ