काठमाडौँ । कीर्तिपुर नगरपालिकाको स्थानीय तह उपनिर्वाचनका लागि मेयर पदमा आइतबार दिउँसो ३ बजेसम्म १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
१५ मध्ये स्वतन्त्र उम्मेदवार ८ र दलका तर्फबाट ७ जनाले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए । दलका तर्फबाट एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रलगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै कीर्तिपुर नगरपालिकाको ४ नम्बर वडाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । जसमध्ये स्वतन्त्र ४ र दलगत ६ जना रहेका छन् । त्यसैगरी वडा नम्बर १ को वडाध्यक्षका लागि २ स्वतन्त्र र ५ जना दलकातर्फबात उम्मेदवारी परेको छ । मनोनयन दर्ता गर्ने समय साँझ ५ बजेसम्म तोकिएको छ ।