बुधबार, कात्तिक १४ गते २०८२

बुधबार झिनो अंकले घटेको बजारमा बढ्यो कारोबार रकम

बुधबार झिनो अंकले घटेको बजारमा बढ्यो कारोबार रकम

अखबार दैनिक
बुधबार, कात्तिक १४ २०८२
  • बुधबार झिनो अंकले घटेको बजारमा बढ्यो कारोबार रकम

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले घटेको छ । आज बजार ५.१७ अंकले घटेर २५६६.१६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि बुधबार कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ५७ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ४५  करोडको कारोबार भएको छ । त्यसैगरी आज ८५ कम्पनीको सेयर मुल्य बढेको छ भने १५९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ