बिहीबार , कात्तिक १५ गते २०८२

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

अखबार दैनिक
बिहीबार , कात्तिक १५ २०८२
  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले राससलाई बताउनुभयो । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उहाँले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताउनुभयो ।

    आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ