बुधबार, मंसिर २६ गते २०८१

दीप दर्पणको कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

दीप दर्पणको कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

अखबार दैनिक
बुधबार, असोज १६ २०८१
  • दीप दर्पणको कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

    कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन गरिएको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रमकाबिच ५२ वटा कविता समेटिएको कविता संग्रह सार्वजनिक गरिएको हो।

    images

    कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल र दीप दर्पणले सामूहिक रुपमा उक्त संग्रहको विमोचन गरेका हुन्। कविता संग्रहमा निम्न मध्यम वर्गीय नेपालीले भोगेका यथार्थपरक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

    विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार श्रवण मुकारुङले कविता संग्रहले समाजको यथार्थतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए।

    समालोचक राजकुमार बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताहरुमध्ये दीप दर्पणको कविता संग्रह पनि परको बताए। उनले कविताले चित्रण गरेको विषयको गहिराईले पाठकको मन जित्ने बताए।

    कवि ज्योती जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीय मर्मलाई चित्रण गरेको बताए। रोल्पा स्थायी घर भएका दीप सानैदेखि कविता लेखनमा रुची राख्दथे। साहित्यमा विशेष रुची रहेका उनले फुटकर कविताहरु संचारमाध्यममार्फ्त पाठकसामु ल्याइरहने गरे पनि संग्रह नै ल्याएको भने पहिलो पटक हो।

    पहिलो संग्रहले आफूलाई उत्साहित बनाएको बताउँदै यसबात आउने प्रतिक्रिया र सल्लाह सुझाव अनुसार दोस्रो संग्रह पनि ल्याउने बताए। कविता वाचन गर्नेहरु कवि रिमा केसी, महेश छितिज, सुरज राणा र राधिका अधिकारीले कविता संग्रहबाट छानिएका कविता वाचन गरेका थिए। पुस्तक प्रकाशक सांग्रिला बुक्सले बजारमा ल्याएको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार