काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।