बिहीबार , असार २० गते २०८२

एलिना चौहानको नयाँ गीत सार्वजनिक

एलिना चौहानको नयाँ गीत सार्वजनिक

गायिका एलिना चौहानको नयाँ गीत 'सबैको हाई हाई बन्न सकिँदैन' सार्वजनिक भएको छ।

अखबार दैनिक
बिहीबार , असार २० २०८२
  • एलिना चौहानको नयाँ गीत सार्वजनिक

    काठमाडौँ । गायिका एलिना चौहानको नयाँ गीत ‘सबैको हाई हाई बन्न सकिँदैन’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार एलिनाकै जीवनसँग मेल खाने यो गीतमा शब्द, सङ्गीत कस्तुप पन्तको रहेको छ । रमेश सेन्चुरीको सङ्गीत संयोजन रहेको गीतको हरेक शब्द गायिका एलिनाले आफ्नै मनका भावना व्यक्त गरे झैँ लाग्छ । रोमान्टिक शैलीको यो गतिको शब्द भने मर्मस्पर्शी छन् ।

    images

    सारथी म्युजिक प्रालिले उत्पादन गरेको गीतको भिडियो आकर्षक बनेको छ । भिडियोमा स्मारिका ढकालको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग  भएको गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।

    भिडियोमा महेश महराको छायाङ्कन र दीपक विष्टको सम्पादन छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै १ लाख ७४ बढिले हेरिसकेका छन् । गीतको टिकटक समेत धेरै बनिरहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार