काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब ३० हजार रुपैयाँ पुर्याएको छ । एन्फाको मंगलबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीको मासिक पारिश्रमिक ३० हजार रुपैयाँ पुर्याउने निर्णय गरेको हो ।
नेपालका महिला र पुरुष दुवै टिमका खेलाडीले समान ३० हजार रुपैयाँ पाउने छन् । यसअघि, एन्फाले राष्ट्रिय टिमका खेलाडीलाई मासिक १८ हजार रुपैयाँ दिँदै आएको थियो । यस्तै, एन्फाले फिफा ब्याचप्राप्त रेफ्रीहरूलाई मासिक २० हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेको छ ।