आइतबार, मंसिर ९ गते २०८१

दुर्घटनाको उद्धारमा कठिनाइ

दुर्घटनाको उद्धारमा कठिनाइ

अखबार दैनिक
शुक्रबार, भदौ ७ २०८१
  • दुर्घटनाको उद्धारमा कठिनाइ

    काठमाडौं । तनहुँमा भएको बस दुर्घटनामा ठूलै हताहती भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार अहिले एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको टोली उद्धारका लागि पुगेको छ । अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । अप्ठेरो भीर भएका कारणले घाइते र मृतकको उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    images

    मृतकको संख्या अझै एकिन भएको छैन । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस केहीबेरअघि दुर्घटनामा परेको थियो ।

    तनहुँका एसपी कृष्ण अधिकारीका अनुसार बसमा ४१ जना सवार रहेको पाइएको छ । उनका अनुसार त्यसमध्ये ३५ जनाको उद्धार भएको छ । जसमा केही मृतक छन् । ६ जनाको अवस्था अज्ञात छ । १४ जना घाइते अवस्थामा रहेका छन् । उनका अनुसार अहिले डोरी बाँधेर उद्धारको काम भइरहेकाले मृतक र घाइतेको संख्या यकिन हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार