आइतबार, मंसिर ९ गते २०८१

रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

अखबार दैनिक
आइतबार, मंसिर ९ २०८१
  • रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    images

    यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनीमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार