आइतबार, मंसिर ९ गते २०८१

एमालेले जरिवाना पत्र बुझ्न नमानेपछि महानगरको टोली पार्टी कार्यालयबाट फर्किए

एमालेले जरिवाना पत्र बुझ्न नमानेपछि महानगरको टोली पार्टी कार्यालयबाट फर्किए

अखबार दैनिक
आइतबार, मंसिर ९ २०८१
  • एमालेले जरिवाना पत्र बुझ्न नमानेपछि महानगरको टोली पार्टी कार्यालयबाट फर्किए

    काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

    images

    गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो । गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो ।

    महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ । एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली केहीबेर कार्यालय परिसरमा रोकिएर फर्किएको छ ।

    एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार