आइतबार, मंसिर ९ गते २०८१

बन्दीपुरको “शिव महिम्नाहा उत्सवको” समापन कीर्तन शिरोमणि शक्ति स्वरूपानंद श्री दामोदर बाबाद्वारा सोमबार हुने

बन्दीपुरको “शिव महिम्नाहा उत्सवको” समापन कीर्तन शिरोमणि शक्ति स्वरूपानंद श्री दामोदर बाबाद्वारा सोमबार हुने

अखबार दैनिक
शुक्रबार, साउन २५ २०८१
  • बन्दीपुरको “शिव महिम्नाहा उत्सवको” समापन कीर्तन शिरोमणि शक्ति स्वरूपानंद श्री दामोदर बाबाद्वारा सोमबार हुने

    पर्यटकीय एवं धार्मिक नगरी बन्दीपुरमा साउन १ गतेदेखि सुरु भएको 'शिव महिम्नाहा उत्सव' को एक कार्यक्रम को बिच भव्य समापन हुने भएको छ।समापन सत्रको अवसरमा एक दिने सङ्गीतमय शिव पुराण कथा वाचन गर्न को लागी प्रमुख अतिथि को आसनमा ब्यास गुफा मूल संरक्षक कीर्तन शिरोमणि शक्ति स्वरूपानंद श्री दामोदर बाबा रहनु हुने विशेष कार्यक्रम राखिएको छ। साउन १ गतेदेखि निरन्तर शिव आराधना तथा सन्ध्याकालीन आरती र हरेक सोमबार हुँदै आएको मर्स्याङ्दी नदी, सिद्धेश्वर महादेव, केबलकार यात्रा, खड्ग देवी मन्दिर विन्दवासिनी मन्दिर हुँदै तिन धारे शिव ज्योतिर्लिङ्ग सम्मको बोलबम यात्राको समापन यही २०८१ साल साउन महिनाको २८ गते चौथो सोमबार बिहान 11 बजे देखी सुरु हुने भव्य धार्मिक सांस्कृतिक कार्यक्रमका र एक दिने सङ्गीतमय शिव पुराण कथा वाचनका साथ समापन गरिने 'शिव महिम्नाहा उत्सव' मूल आयोजक समितिका अध्यक्ष किरण पोख्रेलले बताउनुभयो । समापन तथा दिव्य महाआरती कार्यक्रम बन्दीपुरको तिनधारा परिसरमा गरिने आयोजक समितिले जनाएको छ ।

    images

    सुरुवाती चरणमा नै हजारौँ भक्तजनहरूको सहभागिता रहेको यस कार्यक्रमले बन्दीपुरको धार्मिक पर्यटनको प्रवर्द्धन गरेको तथा आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने आगन्तुकहरूले बताएका छन् ।

    'शिव महिम्नाहा उत्सव' मूल आयोजक समितिको आयोजना सञ्चालित यस कार्यक्रम को प्रायोजन  बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले गरेको छ। उक्त कार्यक्रमको सहयोगीमा भने बन्दीपुर गाउँपालिका, इलाका प्रहरी कार्यालय, खड्ग देवी मन्दिर समिति, तीनधारे टोल विकास संस्था र तनहुँ र गोर्खा जिल्लाका आमा समूहहरू रहेका छन् । यसै गरी भजन सहयोगीको रूपमा राधाकृष्ण सांस्कृतिक समूह गगनगौड़ा पोखरा, धर्म जागरण भजन समूह पुरंचौर पोखरा, राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान तनहुँ, वेद अनुयायी भजन कीर्तन समूह तनहुँ र सिद्देश्वर भजन समूह ढुङ्गे साँघु पोखरा रहेका  छन्  ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार