आइतबार, मंसिर ९ गते २०८१

नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको घुइँचो

नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको घुइँचो

अखबार दैनिक
शुक्रबार, साउन २५ २०८१
  • नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको घुइँचो

    काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ।

    images

    1723182650-UnecP.jpg

    आज बिहानैदेखि काठमाण्डौको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको घुइँचो लागेको छ । आज काठमाण्डौं नागपोखरी, किर्तिपुरको टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

    1723182607-kVcVe.jpg

    यस अवसरमा नागको पूजा गरिनुका साथै नाग अंकित चित्र घरको ढोकामाथि टाँसिन्छ । त्यसपछि यस दिन खेतबारीमा खनजोत गरिन्न । नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यता रहेको छ । घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दुस्ख नदिने जनविश्वास पनि छ । 

    1723182577-VReSs (1).jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार