काठमाडौँ। यस वर्षको मनसुन बुलेट राइड साउन २५ र २६ गते हुने भएको छ । नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बुलेट सर्भिस सेन्टर बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले भोलि र पर्सि उक्त कार्यक्रम हुने जानकारी गराए ।
उक्त दुई दिने कार्यक्रममा करिब ३५ वटा बुलेट बाईकले काठमाडौंदेखि चुम्लिङ्टारसम्मको यात्रा गर्नेछ । पहिलो दिन काठमाडौबाट रिभर फन रिसोर्टसम्म यात्रा गरिने छ । उक्त कार्यक्रममा विभिन्न बाईक सम्बन्धी मनोरञ्जनात्मक खेलहरु खेलाउनुका साथै र्याफ्टिङ पनि गराइने छ ।
सञ्चालक बुढाथोकीले हरेक वर्ष नेपालको ढोरपाटन, सिन्धुली लगायतका पर्यटकीय स्थलहरूका साथै भारतको सिक्किम ग्यान्टोकसम्मको राईड कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको बताए । त्यसैको निरन्तरता स्वरूप उनले आगामी दिनमा पनि यस्तै किसिमको राइडहरु गर्ने योजना रहेको र छिटै नै एक अन्तर्राष्ट्रिय राइडको घोषणा पनि गर्ने तयारीमा रहेको बताए ।