आइतबार, मंसिर ९ गते २०८१

भदौ १४ र १५ गते मच्छेगाउँमा राष्ट्रिय लाखे नाच महोत्सव

भदौ १४ र १५ गते मच्छेगाउँमा राष्ट्रिय लाखे नाच महोत्सव

अखबार दैनिक
बिहीबार , साउन २४ २०८१
  • भदौ १४ र १५ गते मच्छेगाउँमा राष्ट्रिय लाखे नाच महोत्सव

    काठमाडौं । यस वर्षको राष्ट्रिय लाखे नाच महोत्सव भदौ १४ र १५ मा आयोजना गरिने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँले पत्रकार सम्मेलन गर्दै उक्त मितिमा चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा महोत्सव गर्न लागिएको जनाएको हो ।

    images

    चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीलगायत स्थानीय जनप्रतिनिधि र संस्थाका पदाधिकारीले महोत्सवको ब्यानर सार्वजनिक गर्दै यसबारे जानकारी दिए । योसँगै महोत्सवको औपचारिक प्रचारप्रसार सुरु भएको छ ।

    नगरप्रमुख गिरीले नगर क्षेत्रमा आयोजना हुँदै आएको लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला-संस्कृति एकै स्थानमा देख्न, हेर्न पाइनुका साथै संस्कृति जगेर्नामा योगदान पुग्ने बताए ।

    युवापुस्तामा संस्कृति, परम्परा र मौलिकता उजागर गर्न महोत्सवले ठूलो सन्देश दिएको उनले बताए । आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले गत वर्ष ६० भन्दा धेरै लाखे नाच प्रदर्शन भएको स्मरण गर्दै यसपटक ४५ जिल्लाबाट सहभागिता हुने बताए ।

    यसपटकको प्रदर्शनीको नारा ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं’ राखिएको छ । आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला, संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजक संस्थाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार