आइतबार, मंसिर ९ गते २०८१

हेलिकप्टर दुर्घटना : पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी

हेलिकप्टर दुर्घटना : पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी

अखबार दैनिक
बिहीबार , साउन २४ २०८१
  • हेलिकप्टर दुर्घटना : पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी

    एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको पोस्टमार्टम आज हुँदै छ। त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार मृतकको पोस्टमार्टम आज गरेर आजै आफन्तलाई र सम्बन्धित निकायलाई बुझाइने तयारी गरिएको हो ।

    images

    बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको जनाएको थियो।

    दुर्घटनामा परी पाइलट अरुण मल्ल, चिनियाँ नागरिक ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीय वु यीयाओ मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार