काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनापछि पर्यटनमन्त्री घटनास्थलतर्फ प्रस्थान गरेका छन् । पर्यटनमन्त्री बद्री पाण्डे केही समयअघि सिंहदबारबाट घटनास्थलतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको याफ्रुबेसीका लागि उडेको थियो । नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण उडाएको जनाएको छ । चालकसहित कुल ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।